News Desk
सोनुको सतकमा त्रीयुगा रातो विजय
उदयपुरको वरुवा वसपार्कमा जारि प्रधानमन्त्री कप २०८० पुरुष रास्ट्रीय कृकेट प्रतियोगिताको जिल्ला छनौटमा त्रीयुगा रातोका ओपनिङ ब्याटर सोनु अन्सारिले ४५ वलमा ११६ रन बनाई आफ्नो टिमलाई जित दिलाएका छन।
जिल्ला कृकेट संघ उदयपुरले आयोजना गरेको छनौट चरणको पहिलो खेलमा कटारि विरुद्ध टस जितेर व्याटिङ रोजेको त्रीयुगा रातोले निर्धारित ३० ओभरको खेलमा १९.२ वलमा आफ्ना सवै विकेट गुमाई १ सय ७४ रन बनाएका थिए। वलिङ तर्फ कटारिका नितेश अधिकारिले सर्वाधिक ३ विकेट लिएको संघका प्रवक्ता तथा प्रतियोगिताका संयोजक मिथुन ठाकुरले बताएका छ्न।
जवाफि व्याटिङमा १ सय ७५ रनको विजय लक्ष्य पच्छ्याको कटारिले २२ ओभरमा आफ्नो सवै विकेट गुमाएर १ सय २८ रनमा समेटिएको थियो। कटारिका लागि रितेश मण्डलले टिमका लागि १८ रन जोडेका थिए भने वलिङमा रहेको त्रीयुगा रातोका सोनु अन्सारीले ५ र नविन महतोले ३ विकेट लिएका थिए।
छनौट प्रतियोगिताको दोश्रो खेलमा त्रीयुगा निलो र पहेलो भएको खेलमा टिम पहेलोले रोमाञ्चक जित हात पारेको छ।
टस जितेर व्याटिङ रोजेको पहेलोले १८ दशमलव ५ ओभरमा आफ्ना सवै विकेट गुमाएर १ सय ४ बनाएको थियो। पहेलोको लागि कप्तान दिपक राज जोशिले सर्वाधिक ३० रन बनाएका थिए भने प्रतिस्पर्धामा रहेको त्रीयुगा निलोको तर्फबाट रितेश रौनियारले ५ विकेट आफ्नो पोल्टामा पारेका थिए ।
जवाफि व्याटिङमा १ सय५ रनको लक्ष्य पच्छ्याएको टिम निलो ९१ रनमै समेटिएको थियो। टिम पहेकोका तर्फ बाट प्रविन सिग्देल, दिपेश वजगाई, प्रकाश सुवेदिले क्रमश ४, ३ र २ विकेट लिएका थिए।
भोलिको खेल जलजले र त्रीयुगा हरियो विच हुने संघका अध्यक्ष एल्विन वस्नेतले बताएका छन।