News Desk
बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिका ३ मा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचार लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिपि राजमार्गस्थित सुनकोसी गाउपालिका ३ बोहोरेटारमा काठमाडौ बाट रामेछाप तर्फ जाँदै गरेको बा. प्र. ०१- ००६ ख ४५९३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कार खादा मोटरसाइकल चालक नाम ठेगाना नखुलेका अन्दाजी २४/२५ बर्से युबकको घट्नास्थमै र मोटरसाइकलको पछाडि सवार खोटाङ जिल्ला दिक्तेल नगरपालिका १० कि १८ बर्सिय मुनकला राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिका डिएसी चिरञ्जीवी दाहालल्ले जानकारी दिनुभयो ।
बस चालक रामेछाप मन्थली नगरपालिका १३ बस्ने रुपेश अधिकारीलाई प्रहरिले नियन्त्रणमा लिएको छ । ठक्कर दिने बसमा स्थानियले आगजनी गरेका छ्न भने मृतकका आफन्तले सडक अवरोध गरेका छ्न । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् राजमार्गमै रोकिएका छन् ।