सुनको मूल्य बढ्यो
News Desk
Dec-27 , 2023 तारिख 07:19 बेलुका

आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।