रैथाने विश्वविद्यालय स्थापनाका लागि गठित समितिले बुझायो दोस्रो चरणको प्रतिवेदन
News Desk
Dec-28 , 2023 तारिख 01:05 बेलुका

रैथाने विश्वविद्यालय स्थापनाका लागि गठित समितिले दोस्रो चरणको प्रतिवेदन बुझाएको छ। बुधवार संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समितिको बैठक बस्दै प्रतिवेदन बुझाएको हो। 

डा मानबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समितिले प्रारम्भिक प्रतिवेदन बझाउँदै अझै थप अध्ययन गरेर अन्तिम प्रतिवेदन बुझाउने बताएको छ।

आधुनिकतासँगै भूमण्डलीकरणका कारण आनुबांशिक ज्ञान तथा रैथाने सीप, कला कौशल र संस्कृति ओझेलमा पर्दै गएकाले यसको संरक्षणका लागि विश्वविद्यालय खोल्न आवश्यक रहेको विश्वकर्माकाे भनाइ छ।

सरकारले जारी गरेको राष्ट्रिय संस्कृति नीति २०६७, उच्च शिक्षा आयोगको प्रतिवेदन २०७५ र राष्ट्रिय शिक्षा नीति २०७६ मा उद्‍घोष गरिएअनुसार मुलुकमा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना गर्न केही समयदेखि यस विषयका जानकार तथा सरोकारवालाहरू रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल (यसपछि प्रतिष्ठान भनिएको) को नाममा जम्मा भई अभियान सञ्चालन गर्दै आएकाछन्।

 

धेरै पढिएको