नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल धरौटीमा रिहा
News Desk
Dec-28 , 2023 तारिख 05:22 बेलुका

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन् । सो मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर हिजो रिहा भएका हुन् । उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि हिजो रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । धरौटी रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुपर्‍यो । काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएपनि सार्वजनिक बिदा भएका कारण रिजाललाई हिजो मात्रै रिहा गरिएको हो ।

धेरै पढिएको