News Desk
काठमाडौं । मोडेल एवम् नवोदित नायक आयुस खान भारतको लखनउमा ‘युपिएए अवार्ड २०२३’ बाट सम्मानित भएका छन् l भारतको लखनउ स्थित उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले मोडलिङ क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरेको हो ।मोडल खानलाई उत्तर प्रदेश सरकारका क्याबिनेट मन्त्री योगेन्द्र उपाध्यायले अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड समारोहमा उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठकले प्रमुख अतिथि थिए ।
विगत आधा दशकदेखि नेपाल र भारतमा मोडलिङको क्षेत्रमा सकृय रहि फेसन तथा कला क्षेत्रमा उदयीमान छवि बनाउन सफल रहेको भन्दै उनलाई सम्मान गरिएको एकेडेमीले जनाएको छ । यसअघिका संस्करणमा अनिल कपुर, रविना टन्डन, अब्बास मस्तान, समीर अन्जान, फारुख शेख, भाग्यश्री, राहुल रोय र क्रिकेटर पियुष चावलासहितका कलाकार एवम् चलचित्रकर्मीले ‘युपिएए अवार्ड’ पाएका छन् ।
आफुले विज्ञापन, इभेन्ट, म्युजिक भिडियोमा काम गर्नुका साथै नयाँ चलचित्रका लागि अनुबन्धित भई शुटिङका लागि तयारी गर्दै गरेको जानकारी दिएका छन् ।