News Desk
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी आज राति सिन्धुलीको खुरकोटबाट पक्राउ परेका छन।
उनलाई अहिले पोखरा लगिँदै गरेको प्रहरी श्रोतले थाहाखबरलाई जानकारी दिएको छ।
उनी सहकारी ठगीको फरार सूचीमा थिए। उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन।
पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित १७ जना अझै फरार रहेका बताइएको छ। सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख हिनामिना बताइएको छ।