टेलिफोन प्रयोगकर्ता घटे
News Desk
Sep-10 , 2020 तारिख 11:55 बिहान

काठमाडौँ — भाद्र २५, २०७७। 

पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो।

१२ महिनाको अवधिमा ३८ लाख ४१ हजार ४ सय २४ को संख्याले टेलिफोन प्रयोगकर्ता घटेको हो। २०७६ साउनमा टेलिफोन प्रयोगकर्ता ४ करोड १७ लाख १ हजार ४ सय २० थिए। २०७७ असारमा उक्त संख्या ३ करोड ७८ लाख ८५ हजार ९ सय ९६ मा झरेको छ।

टेलिफोन प्रयोगकर्ता २०७६ माघदेखि घट्न थालेका हुन्। २०७६ पुससम्म टेलिफोन प्रयोगकर्ता ४ करोड ३० लाखभन्दा धेरै पुगिसकेका थिए। २०७६ माघमा ४ करोड १५ लाखमा झरेको थियो। २०७६ फागुनमा ३ करोड ८७ लाखमा झरेको थियो।

एक वर्षको अवधिमा सबैभन्दा धेरै नेपाल टेलिकम प्रयोगकर्ता घटेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

धेरै पढिएको