News Desk
काठमाडौं पुस १४
मिस्ट एन्ड मिस किड्सको पहिलो अडिसन सम्पन्न।
काठमाडौंमा मिस्टर एन्ड मिस किड्स नेपाल-२०२४ को अडिसन सुरु भएको छ । शाह इन्टरटेन्मेन्टले कम्पनीले ४ देखी १६ वर्ष सम्मका बालबालिका सहभागि हुने गरी शो संचालन गरेको शाह इन्टरटेन्मेन्टका संचालक मोनु साहले बताउनु भयो । मिस्टर एन्ड मिस किड्स नेपालमा कलाकारीता र मोडलिंङ प्रती रुचि भएकाहरुको प्रतिभाहरू देखाउन पाउने छन् ।
२०१८ मा स्थापना भएको शाह इन्टरटेन्मेन्ट नेपाली समुदायमा स्थानीय कला, फेसन र प्रतिभालाई प्रवर्द्धन गर्नमा जोड दिएको बताइएको छ ।
यो प्रतियोगितामा ४ देखी १६ बर्षसम्मको बालबालिका भाग लिन पाउने छ्न । विगत ५ वर्षको अन्तरालमा धेरै इभेन्टहरु सम्पन्न भएका छन् । प्रतियोगिताको अडिसन पुस १४ गते शनिबार सम्पन्न भएको छ । पहिलो अडिसन दैलो डेलिसिएस रेस्टुरेन्टमा भव्य साथ सप्पन्न साथै बिभिन कला भएको बालबालिकाको प्रस्तुती।
ग्रान्ड अडिसनमा टिना थापा(मोडेल) आशा भण्डारी( फेसन डिजाइनर) मारुफा खातुन (फेसन डिजाइनर) ले निर्णायकको भुमिका निभाउनु भएको थियो ।
साथै मिस्टर एन्ड मिस किड्स-२०२४ को दोस्रो अडिसन पनि हुने व्यहोरा जानकारी गराउदै पुन छुटिएको बाल बच्चा फेरि आफ्नो सहभागीता जनाई अडिसन दिन सक्नुहुनेछ भने कुरा कम्पनीको संचालक साहले बताउनु भएको छ।