प्रहरी कार्यालयलाई १० थान आगो निभाउने उपकरण वितरण
News Desk
Jan-02 , 2024 तारिख 01:03 बेलुका

वीरगञ्ज - वडा प्रहरी कार्यालय विर्ताले मातहतका सबै कार्यालयमा आगो निभाउने उपकरण (फायर इक्सटिज्युसर) उपलब्ध गराएको छ । नेपाल प्रहरीको कार्य योजनामा व्यवस्था भए बमोजिम मातहतका ९ वटा प्रहरी कार्यालयलाई १० थान आगो निभाउने उपकरण वितरण गरिएको हो । 

महाविर ग्रुपका सञ्चालक रत्नलाल केडियाले उपलब्ध गराएको उपकरण प्रहरी चौकी नगवा, ईनर्वा प्रहरी चौकी, प्रहरी चौकी आदर्शनगर, सीमा प्रहरी चौकी छपकैया, अस्थायी प्रहरी पोस्ट भकुवा, प्रहरी चौकी ईनर्वा गाउँ लगायत ९ वटा कार्यालयलाई प्रदान गरिएको विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

बोगटीकाअनुसार सोही अवसरमा हतियार सफा गर्ने उपकरण (ह्विपन क्लियरींग पिट) पनि वितरण गरिएको छ । यो उपकरण यसअघि नभएर समस्या भएको हुँदा अब समस्या नहुने उनको विश्वास छ । 

यस्तै विर्ता प्रहरी कार्यालयमा थुनुवाहरुको लागि पुस्तकालय पनि सञ्चालनमा ल्याएको प्रहरी निरीक्षक बोगटीले बताए ।

 प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी, महाविर ग्रुपका सञ्चालक रत्नलाल केडिया लगायतको उपस्थितीमा ति सामग्री हस्तान्तरण गरिएको हो ।

धेरै पढिएको