News Desk
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरेको छ । परिषद्को बुधबार बसेको बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन भने ९ जना कानून व्यवसायीतर्फका छन् । त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन ।
परिषदले १६ जना न्यायाधीशको सरुवा समेत गरेको छ ।
