इन्जिनियरको १७ करोड अकुत सम्पत्तिः १० करोड आफन्तको खातामा
News Desk
Sep-11 , 2020 तारिख 07:11 बिहान

काठमाडौँ —भाद्र २६, २०७७ ।  

संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्तविरुद्ध पौने १७ करोड विगोसहित मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती र आफन्तलाई पनि प्रतिवादी बनाइएको छ। इन्जिनियर गुप्ता र उनकी श्रीमती मीता गुप्ताविरुद्ध १६ करोड ७२ लाख ५६ हजार विगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन ९अकुत० गरेको सम्बन्धी मुद्दा दायर गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

गुप्ताले आफन्त अन्जु कुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा। रचनाप्रसाद शाहा, विकासप्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार लुकाई छिपाई राखेको प्रमाणित भएपछि अख्तियारले मुद्दा चलाएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

धेरै पढिएको