News Desk
एभरेस्ट इभेन्टसको प्रस्तुतीमा पहिलो संस्करणको एन प्रोफेसनल द मोडल ईम्पाएर २०२४ र किडस मोडल ईम्पाएर २०२४ को प्रथम अडिसन राजधानीमा सम्पन्न
काठमाडौं । एभरेस्ट इभेन्टसको प्रस्तुतीमा हुन गईरहेको पहिलो संस्करणको एन प्रोफेसनल द मोडल ईम्पाएर २०२४ र एन प्लस किडस मोडल ईम्पाएर २०२४ को प्रथम अडिसन राजधानीमा सम्पन्न भएको छ । उक्त अडिसन गत शनिवार सिटी सेन्टरमा सम्पन्न भएको हो । दुवै प्रतियोगितामा ५६ भन्दा बढिले अडिसनमा भाग लिएको एभरेस्ट इभेन्टसका प्रमुख कृष्ण श्रेष्ठ (रोबिन) ले जानकारी दिए ।
र्याम्प प्रस्तुतीसँगै सहभागीहरुले अडिसन दिएका थिए । प्रतियोगितामा बरिष्ठ संचारकर्मी सरोज ओझा, मोडल एवम् भिजे अनु मानन्धर लगायतले निर्णायकको भूमिका निभाएका थिए । मोडल ईम्पाएर २०२४ र किडस मोडल ईम्पाएर २०२४ दुवै प्रतियोगिताको दोस्रो अडिसन आगामी साता हुँदैछ भने डेढ महिनासम्म मोडलिङ तथा कोरियोग्राफी तालिम पस्चात अन्तिम प्रतिस्पर्धाका लागि उनीहरुलाई र्याम्पमा उतारिने श्रेष्ठले बताए ।