पहिलो संस्करणको मिसेस नेपाल क्यानाडाको उपाधी सृष्टि श्रेष्ठलाई
News Desk
Jan-31 , 2024 तारिख 02:17 बिहान

क्यानाडा । महिला शिक्षा तथा क्षमताको विकास समुह क्यानाडा तथा नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा मिसेस नेपाल क्यानाडा सम्पन्न भएको छ । नेपाली समुदाय क्यानाडाको इतिहासमा पहिलो पटक महिला सशक्तिकरण, आत्मविश्वास र महिलाहरुमा निहित प्रतिभाको प्रस्फुटनका लागि प्रतियोगिता आयोजनामा आएको हो । क्यानाडाको ब्रयमटमको इस्प्रेनजा ब्याउक्युट हलमा आयोजित उक्त प्रतियोगितामा १०उत्कृष्ट प्रतियोगीले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए । नमुना फेसन कलेजले बनाएको सुन्दर डिजाइनर पोसाकमा सजिएका प्रतियोगि सुन्दरीहरु धेरै आकर्षक देखिएका थिए । प्रतियोगीहरुको सशक्त प्रस्तुती र सौन्दर्य देखेर हलमा खचाखच भरिएका दर्शकदिर्घाले हुटिङ र तालीले हललाई गुन्जायमान बनाएका थिए ।  

 

क्यानाडाका लागि नेपाली कार्यवाहक राजदुत रोजिना तम्राकार प्रमुख अतिथि रहनुभएको कार्यक्रममा क्रमश: : प्रफेसर निरा शर्मा, डा.संगिता धौबडेल, सुभेक्ष भट्ट, निलु केशरी निर्णायकको भूमिकामा हुनुहुन्थ्यो । १० प्रगियोगी मध्ये उत्कृष्ट ६ जनालाई संसार मा के को कमि छ ? भन्ने प्रश्न सोधिएको थियो । जसमा सृष्टि श्रेष्ठले उत्कृष्ट बन्दै मिसेस नेपाल क्यानाडाको उपाधी हात पारिन । त्यसो त उनी बेष्ट फ्रेण्डशिप समेत घोसित भईन् । प्रतियोगितामा फस्ट रनरपसहित फोटोजेनिकको उपाधी अलिशा राजभण्डारीले हात पारिन् भने रेस्मा थापा सेकेन्ड रनरप बन्न सफल रहिन् । त्यस्तै टेलेन्टेटतर्फ येमि कर्मचार्य पब्लिक च्वाईसतर्फ श्याम लिम्बुले जित निकालिन ।  

कार्यक्रममा स्वागत मन्तव्य वोयस्डोकी अध्यक्ष चन्दा श्रेष्ठले दिईन् भने नेपालीज फेसन होम का अध्यक्ष हेमा मानन्धरले कार्यक्रम बारे प्रकाश पारेकी थिईन् ।

धेरै पढिएको