जनकवि दुर्गालाल श्रेष्ठ अस्पताल भर्ना
News Desk
Feb-07 , 2024 तारिख 01:24 बिहान

जनकवि दुर्गालाल श्रेष्ठ अस्पताल भर्ना भएका छन। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार काठमाडौंको मोडेल अस्पताल भर्ना गरिएको मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिए। ८९ वर्षीय श्रेष्ठलाई पिसाबको संक्रमण भइपछि अस्पताल भर्ना गरिएको प्रधानले बताए। अक्सिजनको कमीले आइसीयूमा भर्ना गरिएका श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले वार्डमा सारिएको उनले बताए। 

जनकवि श्रेष्ठ नेपाल भाषा र नेपाली भाषाका एक लोकप्रिय कवि हुन। उनलाई नेपाल भाषा परिषदले सन २००३ मा जनकवि उपाधिबाट सम्मान गरेको थियो। उनलाई प्रगतिशील साहित्यकार मानिन्छ। विगत ६ दशकदेखि नेपाल भाषा र नेपाली भाषामा गीत, कविता, कविता र बालसाहित्यमा  सक्रिय उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो।

धेरै पढिएको