News Desk
काठमाडौं - माघ, २४ - सेन्ट जर्ज स्कुल , काठमाडौं -५, स्थित हाँडीगाउँमा खेलकुद कार्यक्रम विद्यालयका अध्यक्ष एवं बागमती खेलकुद परिषदका बोर्ड सदस्य प्रल्हाद दाहालको विशेष उपस्थितिमा कार्यक्रमको समुद्घाटन सम्पन्न भयो।
अध्यक्ष दाहालले खेलेर मात्र होइन हेरेर पनि खेलकुदमा सहभागिता जनाउन सकिन्छ । खेलकुदको माध्यमबाट देशलाई विश्वमा चिनाउन सकिन्छ । देशलाई चिनेका हुँदैनन् तर खेलाडीलाई विश्वले चिन्छन्। खेलकुद स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण छ ।त्यसैले सम्पूर्ण विद्यार्थीहरुले अनिवार्य खेलकुदमा भाग लिनुपर्ने कुरा बताए |

विद्यालयका प्र.अ. मेघराज बजगाईंले विद्यार्थीहरुलाई नियमित कक्षाका साथै विद्यालयले अतिरिक्त क्रियाकलाप खेलकुदमा विशेष ध्यान दिने गरेको, हरेक वर्ष विद्यालयमा र अन्य विद्यालयमा हुने प्रतियोगितामा सहभागीता जनाउने र विद्यालयमा सबै विद्यार्थीलाई अनिवार्य कुनै न कुनै खेलमा समाबेश गराउने गरेको कुरा बताए ।
विद्यालयमा खेलकुद कार्यक्रम ४ दिनसम्म चल्नेछ । खेलकुद कार्यक्रममा बास्केटबल , फुटबल , टिटि, ब्याडमिनटन, लगायत विभिन्न खेलकुदका बिधाहरु समाबेश गरिएको छ ।
कार्यक्रम समापनपछि उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफि ,मेडल र प्रमाणपत्र वितरण गरिने कुरा विद्यालयका तेक्वान्दो शिक्षक मनोज घतानीले बताए ।कार्यक्रममा विद्यार्थीहरुले उत्सुकता पुर्वक भाग लिएका थिए ।
