मलेसियामा जारी प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल आज माल्दिभ्ससँग खेल्दै
News Desk
Feb-13 , 2024 तारिख 05:44 बेलुका

एसीसी वुमन्स प्रिमियर कपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । मलेसियामा जारी प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो । प्रतियोगितामा १६ सहभागी टोली चार समूहमा छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् ।

लगातार दुई जितसँगै नेपालले क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले हराएको थियो ।