एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो
News Desk
Feb-13 , 2024 तारिख 06:00 बेलुका

एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ ।

समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।