नेपालले टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियासँग भिडदै
News Desk
Feb-27 , 2024 तारिख 07:14 बिहान

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज  नामिबियासँग खेल्दैछ।  खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन।

नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ। नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन। नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन।

नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ। ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी-२०आई टोलीमा छैनन। प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन।

नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ। नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ  बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन।

 

धेरै पढिएको