त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दै
News Desk
Mar-05 , 2024 तारिख 05:24 बेलुका

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । यो खेल बिहान ११:३० बजे शुरु हुने छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।

नेदरल्याण्डस अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । शृङ्खलाको शुरुका दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो । दुई खेल जितेको नेदरल्याण्डस अन्तिम खेलमा नामिबियासंगको खेल बर्षाले रद्द भएर एक-एक अङ्क बाँडेपछि शीर्षस्थानमा उक्लियो र नामि‍बिया पुछारमा रहँदै बाहिरियो । आज हुने फाइनल प्रतिस्पर्धाबाट टि-२० शृङ्खलाको विजेता छानिनेछ ।