पुष्प मेलामा रमाए सेन्ट जर्ज स्कुलका विद्यार्थी
News Desk
Mar-15 , 2024 तारिख 06:52 बेलुका

चैत्र २-काठमाडौं -५, हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलले भृकुटीमण्डपमा चैत्र १ गतेबाट चलिरहेको २५औँ फ्लाेरा एक्स्पाे ( पुष्प मेला) २०८० मा आफ्ना स्कुलका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई अवलोकन गरायाे।

मेला अवलोकन गर्दा विद्यार्थीहरुले विभिन्न जातका बाेटबिरुवा एवं फूलहरुकाे बारेमा जानकारी लिंदै रमाएका शिक्षिका सबिता के.सीले बताइन् । फूललाई साह्रै राम्रो गरि सजाएकाे देख्दा अत्यन्तै खुसी लागेकाे कुरा कक्षा ७ मा अध्ययनरत छात्रा दिव्या बाेहाेराले बताइन् । हाम्रो स्कुलले पढाइकाे साथसाथै यस्ता विभिन्न किसिमका स्थलगत अवलोकन एवं शैक्षिक भ्रमण समय-समयमा गराइरहने कुरा कक्षा ४मा अध्ययनरत छात्र दिक्षान्त यादवले बताए । हाम्रो विद्यालयमा सधैं विद्यार्थीहरुलाई प्रमुख स्थानमा राखेर कार्यक्रम गरिने र विद्यार्थी भाईबहिनीहरुकाे खुसी नै हाम्रो खुसी हाे भन्ने कुरा शिक्षिका उर्मिला काफ्लेले बताइन् ।

यसरी विद्यार्थीहरुलाई प्रत्यक्ष अवलाेकन गराउँदा किताबमा पढेभन्दा धेरै कुरा सिक्ने र आँखाले देखेकाे कुरा सधैं सम्झिरहने कुरा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रल्हाद दाहालले बताए । बालबालिकालाई यस्ता किसिमका अवलोकन भ्रमण अत्यन्तै आवश्यक हुन्छ । अभिभावक र शिक्षकले यस्ता कुरा बुझ्न आवस्यक हुन्छ ।

धेरै पढिएको