News Desk
मलेसिया, विगत २० वर्षदेखि मलेसियामा व्यवसाय र सामाजिक अभियानमा सकृय नेत्र केसीले एक अनलाईन मिडियाले मलेसियामा नेपाली पिडित तथा सर्वसाधरणसँग अनुचित लाभहानीका लागि पैसा उठाएको भन्ने विषयमा समाचारहरू प्रकाशित गरि आफ्नो व्यक्तिगत जीवनप्रति विभिन्न लाञ्छना लगाउँदै भ्रमपूर्ण समाचार छापेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
उनले उक्त समाचारप्रति खण्डन गर्दै प्रेस काउन्सिल नेपालमा पनि मुद्दा दर्ता गरिसकेको उल्लेख गरेका छन् । के सीले विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा विदेशी मुद्रा भित्र्याउन उल्लेखनिय भूमिका खेलिरहेको म जस्ता धेरै सच्चा नेपालीहरूको मनमा चोट पुगेको छ ।’
यस्ता झुट्टा र भ्रम छर्न उदृत मिडियाका कारण राज्यले बनाउँदै गरेको लगानीको वातावरण समेतमा असर पर्ने केसीले दाबी गरेका छन् । उनले आफुबाट यस्तो गलत हर्कत हुनै नसक्ने भन्दै विज्ञप्तिमार्फत स्पष्ट पार्न खोजेका छन् । नेपालको स्याङ्जा घर भएका केसी मलेसियामा व्यवसायमा जमेका नेपाली मध्ये एक हुन । रेष्टुराँ, ट्राभललगायत विभिन्न क्षेत्रमा उनको लगानी रहेको छ ।
उनले भनेका छन्, बरु मैले आफ्नो व्यवासायमा कयौँलाई रोजगारी सिर्जना गरेको छु साथै विभिन्न क्षेत्रमा दुःखी पिडित अशक्तहरूका लागि आर्थिकरसामाजिक सहयोग पनि पुर्याएको छु । मानब धर्मका नाताले आफ्नो आम्दानीको केही हिस्सा मानव सेवामा सहयोग गरेको छु ।’
केसि एनआरएनए मलेसियाका पूर्व सचिव,एनआरएनए आईसिसिका निवर्तमान सदस्य र नेपालका लागि मलेसियाका पूर्व पर्यटन दूत पनि हुन ।
भ्रमपूर्ण सञ्चार गराउने मिडियालाई कारवाहीको दायरामा ल्याउन समेत उनले नेपाल सरकार,प्रेस काउन्सिल नेपाल लगाएतका निकायसँग आग्रह गर्दै प्रेस काउन्सिल नेपालमा कारवाहिको माग गर्दै निवेदन समेत दर्ता गरिसकेका छन् ।
त्यस विषय गलत तथ्यहीन र भ्रमपूर्ण भएकोले आफ्नो शुभचिन्तकहरूलाई विश्वस्त हुन केसिले सबैलाई आग्रह गरेका छन ।
मुलुकमा काम गरेर खाने वातावरण अनुकूल बनाउँदै विदेशमा रहेका सच्चा नेपालीहरूलाई नेपाल आएर उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गर्न पनि उनले विज्ञप्ति मार्फत आग्रह गरेका छन ।