रियाको खुलासा: सारा अलि खानसहित २५ बलिउड कलाकार लागूऔषध प्रयोगकर्ता
News Desk
Sep-13 , 2020 तारिख 05:50 बेलुका

काठमाडौँ — भाद्र २८, २०७७। 

बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पक्राउ परेकी रिया चक्रवर्तीले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानमा बलिउडका २५ कलाकार ड्रग्स प्रयोगकर्ताको भएको बताएकी छन् ।

रिया चक्रवर्तीले लिएका २५ नाममध्ये ५ जनाको नाम नार्कोटीस कन्ट्रोल ब्युरो स्रोतलाई हवाला दिदै कतिपय भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।

रियाले दिएको २० पृष्ठ लामो बयानमा ड्रग्स प्रयोगकर्ताको पहिलो नाममा बलिउड कलाकार सेफ अलि खानकी छोरी सारा अलि खान रहेकी छिन् ।यस्तै रकुल प्रित सिंह, डिजाइनर सिमोन खंबाटा, मिडियाकर्मी रोहिणी अय्यर, कास्टिङ डाइरेक्टर मुकेश छावडा रहेका छन् ।

सेफ अलि खानकी छोरी सारा अलि खान २०१८ मा केदारनाथ फिल्ममा सुशान्त सिंहसँग काम गरेकी थिइन । सारा सुशान्त सिंहको साथी रहेको र उनको थाइल्याण्ड ट्रीपमा समेत रहेको स्वयं रियाले बताएकी थिइन । यो खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।