गाउँपालिका वन्यजन्तुबाट बाली जोगाउन किसानलाई पाणिनिले दियो भोटे कुकुर
News Desk
Mar-21 , 2024 तारिख 12:54 बेलुका

पाणिनि गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ। 

पाणिनि गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए। बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ।  

बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन। पोखराथोकका किसान भाष्करराज पौडेलले भने, “वन्यजन्तुबाट खेतीपाती तथा फलफुल जोगाउन मुस्किल छ। बाँदर तथा वन्ययजन्तुबाट पाइरहेको हैरानी भोगेका हामी भोटे कुकुर पाएपछि खुसी भएका छौँ।”

किसानहरुको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ती कुकुर वितरण गरिएको हो। वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरु समेतले धादिङ भोटे कुकुर क्लव अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नं २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर आज किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो। 

धेरै पढिएको