News Desk
-सहबान अन्सारी
नवलपरासीमा भष्टाचार बिरुद्ध निर्वाचन क्षेत्र नं १ मा युवा समाज द्वारा मोटरसाइकल रैलीको निकालिएको छ।
सनिवार प्रतापपुर गाउँपालिका वडा नं.७ सुर्यपुरा चोकबाट सुरु भएको मोटरसाइकल रैलीमा तस्करी, ठगी. भ्रष्टाचार भ्रष्टाचारीलाई कारागार, जनताको खबरदारी नउम्कुन भ्रष्टाचारी, जनताको यही समीक्षा, यस क्षेत्रको स्वभिमानको रक्षा, मतदाताको मत र स्वभिमान को रक्षा गरौं, भ्रष्टाचार बिरुद्धको अभियान जनताको सम्मान जस्ता प्ले कार्ड सहित रैली बसहिया,भुजहवा,पुसौली, भटवलिया, चिसापानी, बर्दघाट बरुवा पिपरपाती,गुठी परसौनी हुदै मोटरसाइक रैली बेलाटारीमा आएर सम्पन्न भएको थियो।
उक्त रैलीमा करिब १ सयभन्दा बढी युवाहरुको सहभागीता रहेको थियो।