News Desk
काठमाण्डौ । रन फोर प्रोटिन हाफ म्याराथन कार्यक्रममा नेपाल डेरी एशोसिएसनले निशुल्क मोही सेवन गराएको छ । करिब ४० हप्ता अघि शुरु भएको निशुल्क मोही सेवन गराउने कार्यक्रम अन्तर्गत म्याराथन धावकहरुलाई मोही सेवन गराएको हो ।
हालसम्म करिब १० हजार जनालाई कार्यक्रम पछि मोही सेवन गराइएको एशोसियसनका अध्यक्श प्रल्हद दाहालले जानकारी गराउनु भयो । ंयो नै अभियानको सफलता हो । राम्रो काम शुरु गर्नुपर्छ ढिलो चाँडो पक्कै सफलता मिल्छ । अहिले पनि नेपाल डेरी एसोसिएसनले प्रत्येक शनिवार दरबार मार्गमा रहेको ओरेण्ट क्याफेमा लाग्ने रैथाने कृषि उपजको बिक्री मेलामा ठेकी प्रत्यक्ष तुल्याई आउने सबैलाई अभियानकै रुपमा निशुल्क मोही सेवन गराइने गरेको छं उहाले अभियान बारे जानकारी दिदै भन्नु भयो ।
नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानले सार्थकता पाएको बताउदै दाहालले मोहि सेवन गराउन र अभियानलाई साथ दिएकामा आयोजक टिमलाई नेपाल डेरी एसोसिएसन परिवार विशेष धन्यवाद दिन चाहेको उल्लेख्य गर्नु भयो ।