News Desk
किसानलाइ भैँसी पालनतर्फ आकर्षित गर्न सुनसरीको इटहरीमा भैँसी प्रतियोगताको अयोजना गरिएको छ । पछिल्लो समय मुलुक भित्र किसानको रोजाइमा भैँसी पालन कम हुन थालेको भन्दै इटहरीमा भैँसी प्रतियोगिताको आयोजना गरिएको हो । दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष मनाइरहँदा सुनसरी र मोरङ्गका किसानलाई सहभागी गराएर भैँसी प्रतियोगिताको अयोजना गरिएको छ ।
सुनसरीको इटहरी र मोरङ्गको सुन्दरहरैँचाबाट ३० जना किसानको ५० वटा भैँसीको प्रतियोगितामा सहभागिता रहेको थियो । पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकोले यसको महत्व वुझाउन प्रतियोगताको अयोजना गरेको दुद्य उत्पादक जिल्ला शहकारी सस्थां सुनसरीका अध्यक्ष राजन धमलाले जानकारी दिनु भएको छ । इटहरी उपमहानगरपालिकाका पशु चिकित्सकहरुले प्रतियोगितामा सहभागी भैँसीको स्थास्थ्य,सौन्दर्य र दुध उत्पादकत्वको अवस्था हेरेर बिजेता घोषणा गरेका थिए ।
यसरी प्रतियोगितामा पहिलो हुने इटहरी-३ का चन्द्र बहादुर वस्नेतको भैँसी प्रथम, सुन्दरहरैँचा-५ का पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो हुन सफल भएको अयोजक संस्थाले जानकारी दिएको छ । त्यस्तै सोही स्थानका तिर्थकुमारी लिम्बुको भैँसीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । विजेता भैँसी पालकलाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।