अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु
News Desk
Mar-25 , 2024 तारिख 04:51 बेलुका

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान जिल्लाको मेल्लेख गाँउपलिकामा भएको टयाक्टर दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् ।

घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० २ त ४९७९ नम्बरको ट्याक्टर ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको हो । घट्नाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

धेरै पढिएको