News Desk
जनता समाजवादी पार्टी (जसपा) का सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन ।
नवनियुक्त राज्यमन्त्री कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराए ।
कार्की धनुषा १ बाट निर्वाचित सांसद हुन । सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री र नवलकिशोर साह सुडी वनमन्त्री छन।