ज्ञनोदय स्कूल ज्यामिरकोटलाई ल्याबका सामाग्री प्राप्त
News Desk
Mar-30 , 2024 तारिख 06:01 बेलुका

चैत्र -१६- ज्ञानाेदय आधारभुत स्कुल ,पाँचखाल - २, ज्यामिरकाेटमा शैक्षिक शत्र २०८० काे लागि अभिभाबकहरूकाे,सुझाव संकल कार्यक्रम आयोजना गरियो ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालकाे अध्यक्षतामा भएकाे थियाे भने वडा अध्यक्ष रामेश्वर दाहाल प्रमुख अतिथी रहनु भएकाे थियाे । साे छलफल कार्यक्रममा विद्यालय ब्यब्स्थापन समितिका सदस्य सोकनाथ गौतम, जुनु तामाङ, छायाँ तामाङ,चमेली गौतम, मंगल तामाङ , शिक्षक प्रतिनिधिपत्न बहादुर तामाङ र सदस्य सचीव एवं विद्यालयका प्र.अ मेघनाथ अधिकारी, विद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानिय बुद्धिजीवी , पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरुकाे बाक्लो उपथिति रहेको थियो।

भेलामा अभिभाबकहरूले आफना नानिबाबुहरुको पढाइ, स्वास्थ्य ,अनुशासन र पढाईकाे बारेमा सुझाबहरू दिएका थिए। भेलामा वडा अध्यक्ष रामेश्वर दाहालले आफ्ना नानीबाबु पढ्ने विद्यालयमा अभिभाबकहरूले नै बढि ध्यान र चासाे दिनु पर्ने कुरा बताए । विद्यालयका प्र.अ मेघनाथ अधिकारीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्षले विद्यालयलाई गरेकाे सहयाेगकाे खुलेर प्रशंसा गरे । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रल्दाह दाहलले आफूले सकेको सहयाेग निरन्तर गरिरहने र विद्यालय राम्रो बनाउन अभिभाबक,शिक्षक,स्थानिय सबैकाे बराबर सहयाेग रहनु पर्ने कुरा बताउँदै अभिभावकलाई विद्यालयमा नियमित आफ्ना बालबालिकाको पढनपाठनको बारे बुझ्न आग्रह गरे ।

सोही भेलाको दिन पारेर विद्यालयमा ललितपुर स्थित सुदिप इनटरनेशनल प्रा.लिका निर्देशक एवं उद्योग वाणिाज्य महासंघका केन्द्रिय सदस्य भक्त हमालबाट सहयोग स्वरुप प्राप्त साइन्स ल्याबका सामग्री अध्यक्ष प्रल्हाद दाहालले विद्यालयलाई हस्तान्तरण गरि सहयोग गर्ने दाता भक्त हमाललाई अन्तर आत्माले धन्यबाद दि्दै आगामी दिन पनि यस्तै किसिमका एवं अन्य थप सहयोग गर्न आग्रह गर्ने कुरा बताए ।

धेरै पढिएको