त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाले गुमाए ज्यान
News Desk
Mar-30 , 2024 तारिख 06:10 बेलुका

शनिवार बिहान काठमाडौंबाट गोरखा गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको छ। 

पृथ्वी राजमार्गको  इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिक भएको उक्त ट्याक्सी दुर्घटनामा ५ जनाके ज्यान गुमाएका छ्न ।  

ज्यान गुमाउनेमा गोरखा नगरपालिका ७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेका छन । मृत्यु भएको हो। यस्तै  ट्याक्सीचालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलले पनि ज्यान गुमाएका छन । 

१८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ। 

 

धेरै पढिएको