उपत्यकामा एकैदिन ५ सय ९७ जना कोरोना संक्रमित
News Desk
Sep-13 , 2020 तारिख 02:59 बेलुका

काठमाडौँ — भाद्र २८, २०७७। 

उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमित देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।  

देशभर २४ घन्टामा १ हजार ३९ मा संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएका छन् ।

आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

(कान्तिपुर दैनिक)