नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै
News Desk
Apr-02 , 2024 तारिख 12:02 बेलुका

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै छ।  

बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसारइलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ- १ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ। 

 

 

धेरै पढिएको