मार्सेसँग हार्‍यो पीएसजी, नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड
News Desk
Sep-14 , 2020 तारिख 08:25 बिहान

पेरिस — भाद्र २९, २०७७। 

फ्रान्सेली लिग वानमा आइतबार मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेलको अन्त्यमा झगडा हुँदा नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ । खेलमा भने मार्से १–० ले विजयी रह्यो ।

त्यसमा फ्लोरिन थउभिनले निर्णायक गोल गरे र पीएसजी सन् १९८४–८५ यता पहिलो पल्ट लिगको सुरुआती दुवै खेलमा पराजित रह्यो । पीएसजी अंक तालिको पुछारबाट तेस्रो स्थानमा छ ।

झगडाका क्रममा पीएसजीका लियोनार्डो पारेडेस र लेभिन कुरजवा तथा मार्सेका जोर्डन अमाभी र डारियो बेनेडेटोलाई पनि रातो कार्ड देखाइएको थियो ।

भ्यालेन्सिया विजयी

स्पेनी ला लिगामा भ्यालेन्सियाले आइतबार लेभान्टेमाथि ४–२ को जित रचेको छ । यसअघिका खेलमा भिल्लारियल र एसडी हुवेसा तथा रियल भालाडोलिड र रियल सोसिडाडले समान १–१ को बराबरी खेले ।

(कान्तिपुर दैनिक)