गत शनिबारदेखि परेको निरन्तरको हावाहुरीसहितको असिना पानीले तरकारी र सुन्तलामा करोडौ रुपैयाँको क्षति
News Desk
Apr-02 , 2024 तारिख 05:08 बेलुका

पाल्पामा गत शनिबारदेखि परेको निरन्तरको हावाहुरीसहितको असिना पानीले तरकारी बाली र सुन्तलामा करोडौ रुपैयाँको क्षति भएको छ । हावाहुरी र असिना पानीले तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति भएको हो । हावाहुरी र असिनाको कारण सबैभन्दा बढी सुन्तला खेती र अकबरे खुर्सानी खेतीमा नोक्सानी भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । जिल्लामा गत सिजनमा ४६ करोडको सुन्तला र १० करोड बराबरको अकबरे सुन्तलाको कारोबार भएको थियो ।

पछिल्लो समय अकबरे खुर्सानीबाट आफ्नो पहिचान बनाएको रिब्दिकोट ,बगनासकालि, रैनादेवी छहरा र माथागढी गाउँपालिकामा अकबरे खुर्सानीको ७ लाख बिरुवा नष्ट भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोस कुमार चौधरीले बताउनुभयो । यता जिल्लाको बगनासकाली, तानसेन र पुर्वखोला गाउँपालिकामा पनि सबैभन्दा बढी नोक्सानी सुन्तला खेतीमा भएको छ । अत्यधिक असिना परेको कारण अधिकांश सेतै फूलेको फूल भुइँमा खसेको छ । यकिन क्षतिको विवरण संकलन भइरहेकोले क्षति अझै बढ्न सक्ने पालिकाहरूले अनुमान लगाएका छन् ।

धेरै पढिएको