आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न वाग्लेको माग
News Desk
Apr-04 , 2024 तारिख 12:06 बेलुका

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा।स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रश्ताव गरेका छन। बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको बताए।

उनले यस प्रकारको असहिष्णुता र अनुदारवाद कहाँबाट आयो ? भनी प्रश्नसमेत गरे। उनले आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलीय सहमति गर्न प्रश्ताव गरे।

उनले आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार रहेको बताए।

उनले भने ‘प्रतिपक्षमा हुँदा हामीले पनि प्रश्न गरेका हौँ। शालिन प्रतिरोध, शालिन प्रतिवाद, संसदीय व्यवस्थामा प्रतिपक्षी धर्म नै हो। त्यसलाई हामीले उन्नत किसिमले प्रयोग गरेकै हौँ। सम्पूर्ण प्रतिपक्षीहरुले अर्थमन्त्रीको राजीनामा माग्दाखेरी हामी संयमित भएका थियौँ। हामी रोकिएका थियौँ। हामीले भन्यौँ अर्थमन्त्रीको पहिला कुरा सुन्नुपर्छ। उहाँलाई स्पष्टिकरणको मौका दिनुपर्छ। संसदीय छानवीन समिति बनाउन आपत्ति होइन। कस्तो नजिर स्थापित गर्न गइरहेका छौँ भन्नेबारे विचार गर्नुपर्ने हुन्छ। सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबले राजीनामा गरौँ। मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौँ। र आरोप लाज्ञ्ो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो?ं

उनले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएर उनको कुरा सुन्नुपर्ने बताए। उनले गृहमन्त्रीको जवाफले चित्त नबुझे संसदको सम्बन्धित समितिमा अथवा संसदीय छानविन समितिमा जान सकिने बताए।

धेरै पढिएको