मकवानपुर प्रहरीले भन्सार छलि गरेर ल्याउँदै गरेको अवस्थामा ७७ लाख मूल्य बराबारको अवैध कपडा र मोवाइल बरामद
News Desk
Apr-04 , 2024 तारिख 05:22 बेलुका

मकवानपुर प्रहरीले भन्सार छलि गरेर ल्याउँदै गरेको अवस्थामा ७७ लाख मूल्य बराबारको अवैध कपडा र मोवाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा उक्त मूल्य बराबरका समान बरामत गरेको हो ।

लोथरबाट हेटौडा आउँदै गरेको बागमती प्रदेश बिएडी ४३७० नम्वरको गाडीलाई मनहरी गाउँपालिका वडा नं. ७ मा चेकजाँच गर्ने क्रममा भन्सार छलि ल्याइएका, बिलबिजक नभएका साडी, कुर्तासुरुवाल, टि सर्ट, पाईन्ट, जुत्ता लगायतका २ हजार ७ सय ४४ थान लत्ताकपडा र बिभिन्न कम्पनीका ८२ थान मोबाईल सेट बरामत गरेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

धेरै पढिएको