काठमाडौं महानगरका मेयर शाक्यले जिते कोरोना
News Desk
Sep-14 , 2020 तारिख 09:18 बिहान

काठमाडौं — भाद्र २९, २०७७। 

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । शनिबार दोस्रो पटक परीक्षणका लागि स्वाब दिएका मेयर शाक्यको आईतबार नेगेटिभ रिपोर्ट आएको हो ।

भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होटल सोल्टीको आइसोलेशनमा बसेका थिए । केही दिनपछि मेयर शाक्य नियमित काममा फर्कने बताईएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।