बाँदरझुल्लामा बस्तीको बिचमा रहेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले डार्ट गरि नियन्त्रणमा
News Desk
Apr-07 , 2024 तारिख 05:23 बेलुका

बाँदरझुल्लामा बस्तीको बिचमा रहेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले डार्ट गरि नियन्त्रणमा लिएको छ ।

दुई दिनदेखि पशु चौपाय मारेर बस्तीमै बसेको बाघलाई आज बिहान नियन्त्रणमा लिईएको चितवन निकुञ्जका संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो । शनिबार दिउँसो बस्तीको बिचमै आएर बाघ बसेपछी स्थानीयले निकुञ्जका कर्मचारी पठाईदिन आग्रह गरेका थिए ।

धेरै पढिएको