बलम्बुमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी
News Desk
Apr-09 , 2024 तारिख 11:40 बिहान

काठमाडौँस्थित बलम्बुमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सशस्त्र प्रहरीको जिन्सी सामान राखेको गोदाम घरमै आगलागी भएको हो।

उक्त गोदाम घरमा देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राख्ने गरिएको थियो।

अहिले आगो नियन्त्रण छ।  कारण यकिन नभए पनि विद्युत सर्ट भएको आशंका गरिएको छ।

 

धेरै पढिएको