नेपाल डेरी एसोसिएसनको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
News Desk
Apr-10 , 2024 तारिख 01:14 बिहान

चैत - २७ , काठमाडौं , नेपाल डेरी एसोसिएसनको नव वर्ष २०८१ सालको क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो ।

नेपाल डेरी एसोसिएसनको नव वर्ष २०८१ सालको शुभकामना एवं क्यालेण्डर विमोचन कार्यक्रम केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं बागमती प्रदेशका माननीय जयराम थापाको प्रमूख आतिथ्यतामा शंखमुल स्थित नेपाल डेरी एसोसिएसनको केन्द्रिय कार्यालयमा सम्पन्न भयो । विशेष अतिथि राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक, डा. बालक चौधरी, अतिथिमा बोर्डका प्रशासन प्रमुख बिदुर राई,पशुसेवा विभागका सिताराम वली, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा , नेपाल उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य पशुपति पाण्डे, नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, सल्लाहकार एवं पुर्व अध्यक्ष सुमित केडिया, दुग्ध विकास संस्थानका प्रतिनिधि, निर्यात व्यवसायी महासंघका प्रतिनिधि, डेरी साईन्स एसोसिएसनका जनक बिष्ट, रैथाने एग्रो प्रा.लिका शंकर गौतम, कृषि पत्रकार किरण आचार्य एवं अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित दुग्ध व्यवसायीहरुको सहभागीता रहेको थियो । २०८१ सालको नयाँ वर्षको क्यालेण्डर छपाईका संयोजक एवं एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले कार्यक्रममा स्वागत एवं नव वर्षको शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम संचालक एसोसिएसनका महासचिव हेमचन्द्र खनालले गरेका थिए भने कार्यक्रम राष्ट्रियगानबाट शुरु गरि नेपाल डेरी एसोसिएसनको गीत पनि बजाईएको थियो । प्रमूख अतिथि माननीय जयराम थापाबाट नव वर्ष २०८१ को क्यालेण्डर विमोचन गरिनुका साथै अतिथिहरुबाट नव वर्ष २०८१ सालको शुभकामना आदानप्रदान गरियो । केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले उत्पादक किसानले उद्योगीबाट दुधको पैसा नपाएकोमा गुनासो गर्दै अगामी नयाँ वर्षबाट क्रमशः सुधारिँदै बक्यौता चुक्ता गर्न अनुरोध गरि शुभकामना दिनुभयो । दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै दुग्ध क्षेत्रको हालको समस्या पूरानै सालमा समाप्त भई नयाँ वर्षमा नयाँ रणनिति सहित अघि बढ्न सबैलाई अनुरोध गर्नुभयो । कृषि उद्यम केन्द्रका बोर्ड सदस्य खोजराज कटुवालले निर्यातमा डेरी क्षेत्रको छुर्पी अग्र स्थानमा रहेको छ । यसमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पूर्ण साथ दिन अनुरोध गरे । पशुसेवा विभागका सिताराम वलीले नेपाल डेरी एसोसिएसनले यसरी सरोकारवाला सबैलाई बोलाई शुभकामना आदानप्रदान एवं समसामयिक विषयमा यसरी अन्तरक्रिया गर्दा धेरै कुरा सिक्न र बुझ्न पाइने कुरा बताए ।

कार्यक्रमका प्रमूख अतिथि बागमती प्रदेशका माननीय जयराम थापाज्यूले नयाँ वर्षको सबैलाई शुभकामना दिँदै दुग्ध क्षेत्रको समस्यामा आफू पनि गम्भिर रहेको र यसका समाधानको लागि सबै एक भई लाग्न आफ्नो साथ रहेको कुरा बताउनुभयो । कार्यक्रमका सभापति केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले सम्पूर्ण उपस्थित सबैलाई धन्यवाद सहित नयाँ वर्ष २०८१ सालको मंगलमय शुभकामना व्यक्त गर्दै आगामी दिनमा नयाँ जोश जाँगरका साथ दुग्ध क्षेत्रले इतिहास रच्न सबैको साथ सहयोगको अपेक्षा रहेको र नेपाल डेरी एसोसिएसन सदैव यस्ता कुरामा अघि बढ्दै जाने कुरा बताउँदै नयाँ वर्षदेखि एसोसिएसनले सहयता सुचना केन्द्र स्थापना गरि डेरी सेक्टरमा भएका समस्याको समाधानका लागि अग्रसरता देखाउने कुरा बताउनुभयो । कार्यक्रममा सबै उपस्थिति महानुभावहरुलाई चियापान एवं शुभकामना सहित दुग्ध पदार्थको खाजा, मोही सेवन गर्दै अतिथिहरुलाई दुग्ध पदार्थ समाबेश मायाको चिनो प्रदान गर्दै नयाँ वर्षको क्यालेण्डर वितरण गरि कार्यक्रम समापन गरियो

एसोसिएसनको चिनारी :

नेपाल डेरी एसोसिएशन २०५५ सालमा स्थापना भई निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको दुग्ध व्यवसायी साना, ठूला, मझौला र घरेलु डेरीहरुको छाता संगठन हो । “डेरी क्षेत्रको उन्नती, राष्ट्रको समुन्नती” भन्ने मुल नाराका साथ बैधानिक रुपमा २०५५ साल माघ ७ गते विधिवत दर्ता भई संचालनमा रहेको छ । यस संस्थामा देशभरिबाट ७ प्रदेश, २३ जिल्लामा संगठन बिस्तार २७५ सदस्यहरु रहेका छन् । 

नेपालको दुग्ध क्षेत्रको पृष्ठभुमी : 

– नेपाल मुख्यतय कृषि प्रधान देश हो ।

– ६१ % नेपाली जनसंख्या कृषि पेशामा आश्रित छन् ।

– कुल ग्राहस्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९% छ।

– दैनिक दुध उत्पादन ६२,००,००० लिटर छ । बजारमा ३१ लाख लिटर आउँछ । सहज परिस्थितिमा ८० प्रतिशत आत्मनिर्भर छौं भने २० प्रतिशत अझ नपुग देखिन्छ ।

– निजि डेरी उद्योगहरुमा लगानी करिब ४५ अर्ब छ । 

– उद्योग स्थरमा ४० हजार जना रोजगार छन् ।

– कृषक स्थरमा ६ लाख जना प्रत्यक्ष लाभान्वित छन् । 

– शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा दुध उद्योगहरु मार्फत दैनिक ६ करोड पुग्ने गर्दछ । 

डेरी क्षेत्रले भोग्नु परेको वर्तमान समस्याहरु र उपायहरु : 

- अहिले खपत कम भएर र बाहिरबाट आयात बढी भई हाम्रो देशमा दुध तथा दुग्ध पदार्थ ब्यवस्थापन गर्नै कठिन भएको छ । अहिले सरदर ५ अर्ब बराबरको धुलो दुध र बटर स्टक भएको आँकडा छ । यो समस्या निवारणको लागि बाहिरबाट आयात रोक्ने, छुर्पी र चिज निर्यातमा विशेष सहयोग गर्न सक्दा केहि राहत हुन्छ । जस्तै स्कुलमा विद्यार्थी, आर्मी, पुलिस, खेलाडीलाई दुधको महत्व बुझाई सेवन गर्न प्रेरित गर्न सक्दा उपभोग बढ्न सक्छ । 

- बढी भएका दुग्ध पदार्थ राख्न कोल्ड स्टोरको अभावले कठिन छ । त्यसका लागि राज्यले बटर राख्नका लागि सामुहिक कोल्ड रुम संचालनमा ल्याउने वा सम्बन्धि एसोसिएसनलाई उपलब्ध गराउन सक्दा केहि सहज हुने देखिन्छ । अहिले उद्योगले प्रति केजि १० रुपैया कोल्ड स्टोरमा भाडा तिरेर बटर राख्न परेको छ। यसले गर्दा एकातिर बिक्री नहुने अनि अर्को तिर भाडा तिर्दा दोहोर मारमा परिरहिएको छ। सामान स्टक भएर चल्ती पुँजीको अभावले किसानको भुक्तानी समयमा दिन सकिएको छैन । यसले किसानलाई मार परेको छ । यसमा राज्यले बैंकबाट कर्जा वा अन्य स्रोतबाट सहजीकरण गर्न सके समयमै भुक्तानी गर्न सहज हुने थियो। 

- नेपालमा पशुपालन ब्यवसाय र डेरी ब्यवसायलाई राज्यले सहयोग गर्न सक्दा आर्थिक गतिविधि, रोजगार, कृषि जन्य पदार्थ आयातमा समेत कमि हुने देखिन्छ । 

- हामी कहाँ करिव ८० प्रतिशत दुध निर्वाहमुखि पशुपालनबाट आउँछ भने २० प्रतिशत मात्र व्यसाहिक फार्मबाट आउँछ । जबसम्म ब्यवसाहिक तवरबाट दुध आउन सक्दैन तवसम्म भनेको जस्तो गुणस्तर मेन्टेन गर्न कठिन हुन्छ । गुणस्तरको लागि दैनिक दुईपटक दुध संकलन गर्नुपर्छ । यसमा राज्यले सहयोग गर्नु पर्ने देखिन्छ । 

- अहिले उद्योग लगाउनभन्दा जमिनको मुल्य धेरै पर्ने र शहरमा स्थापना गर्न नसकिने गाउँमा उद्योग लगाउन पुर्वाधार नहुने हुँदा उद्योगका लागि आवश्यक मात्रामा स्थान उपलब्ध गराउनको लागि औद्योगिक ग्राम बनाउन आवश्यक रहेको छ । साथै भएका औद्योगिक क्षेत्रमा पनि सहज रुपले कम शुल्कमा उपलब्ध गराउनु पर्ने । 

- नेपालमा दुध तथा दुग्ध पदार्थमा लाग्ने प्याकेजिङ्ग मेटेरियल धेरै जसो छिमेकी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहँदा सो प्याकेजिङ्ग मेटेरियलहरुमा भन्सार दर १ प्रतिशतसम्म हुने व्यवस्था गर्नुपर्ने जसले गर्दा उत्पादन लागत कम भई बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्छ । दुग्ध पदार्थमा लाग्दै आएको भ्याट हटाउनु पर्ने जसले गर्दा उपभोक्ता माझ सस्तो दिन सकिन्छ । आयातीत फिनिसिङ प्रडक्टमा भन्सार कम हुँदा प्रतिस्पर्धा गर्न नसिने हुँदा त्यसमा भन्सार बढाउनु पर्ने हुन्छ ।

नेपाल डेरी एसोसिएसनले हालसम्म गरेका प्रमूख कामहरु : 

- कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश बोर्ड, स्थानिय सरकार तथा अन्य सरोकारवाला निकायहरुमा आगामि वर्ष २०८१।८२ को बजेटमा दुग्ध क्षेत्रका लागि आवश्यक सुझाव पठाई दुग्ध क्षेत्रको विकासमा बजेट बनाउन अनुरोध गरेको । 

- नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रमहरुमा र दशैं तिहारको शुभकामना एवं अन्य भेटघाट कार्यक्रममा पनि दुध तथा दुग्ध पदार्थ मायाको चिनो एवं उपहार दिने कार्य गराउँदै आईरहेको । 

- नेपाल डेरी एसोसिएसनको रजत जयन्तीको उपलक्ष्यमा देशभर सातै प्रदेशमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरि अन्तिम दिन माघ ७ गते एसोसिएसनले आफ्नो वार्षिक साधारण सभा समेत सोहि दिनको कृषि तथा पहुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलज्यूको प्रमूख आतिथ्यतामा लैनचौर स्थित मल्ल होटलमा विभिन्न विधामा सम्मान सहित भव्य र सभ्य कार्यक्रम गरि मनाएको थियो । यस रजत जयन्तीको अवसरमा आर्थिक पत्रिकामार्फत विशेषांक प्रकाशित समेत गरिएको थियो । 

- नेपाल डेरी एसोसिएसनले दुध तथा दुग्ध पदार्थको खपत वृद्धिका लागि आर्मी, पुलिस, सशत्र प्रहरीको रासनमा नेपालको उत्पादन दुध तथा दुग्ध पदार्थ समावेश गर्नुपर्ने र नेपाली खेलाडीहरुको खानामा पनि समावेश गर्नुपर्ने भनि सम्बन्धित निकायलाई विज्ञप्ति जारी गरि जानकारी गराएको । 

- खपत वृद्धि गराउनका लागि विभिन्न अनाथ आश्रम, विद्यालयहरुमा दुधपान कार्यक्रम गरि प्रचार प्रसार गरिएको । 

- स्विस कन्टयाक्टको कासा परियोजनाको सहयोगमा नेपाल डेरी एसोसिएसनको आयोजनामा नेपालको डेरी उद्योगहरुमा ऊर्जाको प्रयोग सम्बन्धि १ दिने अन्तरक्रिया गोष्ठि कार्यक्रम नेपालको डेरी क्षेत्रका सरोकारवालाहरूलाई ऊर्जा दक्षता अभिवृद्धिका लागि समाधानहरू खोज्न सहयोग गर्ने हेतुले आयोजना गरिएको ।

- नेपाल डेरी एसोसिएसनको आयोजनामा हाल नेपालमा देखिएको दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा छलफल तथा निराकरणका उपायहरुको लागि सरोकारवाला निकायहरुसंगको अन्तरक्रिया कार्यक्रममा समस्याको यकिन गरि त्यसको प्रतिवेदन तयार गरि मन्त्रालयमा माननीय मन्त्रीज्यु र सचिवज्यूलाई हस्तानतरण गरिएको ।

= नेपाल डेरी एसोसिएसनको जिल्ला विस्तार गर्ने क्रममा नुवाकोटमा बालकृष्ण ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय नुवाकोट जिल्ला कार्यसमिति गठन गरि एसोसिएसनको सञ्जाल थप दरिलो बनाईएको ।

- नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौं बिच भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण गर्ने हाट बजारमा नेपाल डेरी एसोसिएशनको तर्फबाट दहि उपलब्ध गराई निःशुल्क मोही सेवन गराउने कार्य भईरहेको छ भने हाल विभिन्न कार्यक्रमहरुमा चिसो पेय पदार्थभन्दा मोही सेवनले व्यपकता पाउन थालेको छ । 

नेपाल डेरी एसोसिएसनको छैठौं कार्यसमितिको बैठक २०८० चैत्र २७ गते पारित गरेका केहि मुख्य निर्णयहरु : 

१. दुग्ध क्षेत्रका समसामयिक समस्याहरुमा छलफल गर्दा हाल डेरी उद्योगहरुमा बढि भईरहेको नौनी, पनिर, एसएमपी, घ्यु आदि मौज्दात बढि रहेकोले यसको खपत बढाउन प्रचारप्रसार गर्दै, उपभोगमा वृद्धि गर्न गराउन नेपाल सरकार अन्तर्गत आर्मी, प्रहरी, सशत्र, राष्ट्रिय खेलाडीहरुको खानामा अनिवार्य नेपाली उत्पादन प्रयोग गर्न अनुरोध गर्ने, निर्यात गर्न अनुदान व्यवस्था गर्ने, अनिवार्य दुई समय दुध संकलन गर्न र गुणस्तरमा अनुदान दिन सरोकारवाला सबैलाई अनुरोध गर्ने ।

२. डेरी उद्योगहरुले किसानको बक्यौता नतिरेको भनी अदालतमा परेको उजुरी सम्बन्धमा नेपाल डेरी एसोसिएसनका सदस्यहरुको बाँकी रहेको बक्यौता धेरै नरहेको र भएको पनि छिट्टै चुक्ता गराउन पहल गर्ने । 

३. २०८१ क्यालेण्डरको विमोचन बागमती प्रदेशका माननीय जयराम थापाज्यूबाट विमोचन गरि वितरणको लागि क्यालेण्डर प्रकाशन समितिले वितरण जिम्मा दिने । 

४. नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा आई पर्ने विभिन्न समस्याहरुको पहिचान एवं समाधानको लागि मनोज कुमार यादवको संयोजकत्वमा ५ सदस्य सहायता सूचना केन्द्र समिती गठन गरि निश्चित समय उपलब्ध गराई आफ्ना सदस्यहरुलाई सहज गराउन बैशाख १ गतेबाट लागु हुने गरि कल सेन्टरको स्थापना गर्‍यो । सो कल सेन्टरमा सम्पर्क गरि समस्या समाधानका लागि जानकारी गराउन सकिने व्यवस्था मिलाइनेछ। 

धेरै पढिएको