नवलपरासीको स्थानिय तहमा दमकल नहुदाँ समस्या
News Desk
Apr-10 , 2024 तारिख 01:56 बेलुका

-सहबान अन्सारी

नवलपरासीका सात वटा स्थानिय तह मध्ये पाँच वटा स्थानिय तह दमकल बिहिन हुदाँ आगलागी बाट धेरै क्षति हुने गरेको छ ।

सुख्खा मौषम सुरु भएसँगै आगलागीका घट्नामा समेत बृद्धि हुदै गएपछी दमकल नहुँदा थप जोखिम बढ्ने सम्भावना बढेको हो।

प्राकृतिक विपद्लाई न्यूनीकरण गर्नका लागि स्थानीय तहले कार्ययोजना अघि बढाएको पाइदैन । जिल्लामा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका गरि जम्मा दुई वटा दमकल मात्र छन् । 

हावाहुरी चल्ने, आगलागी हुने समय शुरु भएको हुदा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ ।निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको बजेटबाटै विलासी साधन खरिद गरे पनि विगतदेखि नै ठूलो समस्याका रूपमा रहेका आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाईदैन् । 

आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनीकरणका लागि गाउँपालिका तथा नगरपालिकाहरूले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ  । दमकल खरिद गर्न प्रतापपुर गाउँपालिका,सुस्ता गाउँपालिका,सरावल गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका र सुनवल नगरपालिकाले चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।

धेरै पढिएको