पर्यटक भिसामा आएर शंकास्पद धन्दामा संलग्न ४१ चिनियाँ निकालिए
News Desk
Sep-14 , 2020 तारिख 04:25 बेलुका

काठमाडौं — भाद्र २९, २०७७। 

सरकारले नेपालमा रहेका ४१ जना चिनियाँ नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले शंकास्पद गतिविधि गर्दै आएका चिनियाँलाई निष्कासन गरेको हो।उनीहरूलाई एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबब्ध लगाइएको छ।

अवैध रूपमा नेपाल बस्दा ती चिनियाँ के कस्ता काममा संलग्न थिए भन्नेबारे प्रहरी र अध्यागमन विभागका अधिकारी बेखबर छन्। विभागले भने उनीहरू प्रवेशाज्ञा ९भिसा० दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न भएको जनाएको छ। गृह मन्त्रालयले भदौ ४ मा २२ जना चिनियाँलाई निष्कासन गर्ने निर्णय गरेको थियो। मन्त्रालयले बाँकी १९ जनाबारे गत शुक्रबार निर्णय गरेको हो।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले शंकास्पद गतिविधिमा संलग्न भएको पाइएकाले ती चिनियाँ नागरिकलाई निष्कासन गर्ने निर्णय गरिएको बताए। उनले भने, ‘पर्यटक प्रवेशाज्ञा लिएर उनीहरू अरू नै शंकास्पद धन्दामा संलग्न भएको समेत पाइयो।’ कतिपय चिनियाँहरू पर्यटक प्रवेशाज्ञामा व्यापारमा संलग्न थिए भने कतिपय भिसाको म्याद गुज्रिएकाहरू थिए। गत पुस ७ गते चिनियाँ सुरक्षा निकायको गोप्य सूचनाका आधारमा नेपाल प्रहरीले अवैध रूपमा नेपाल बस्दै आएका चिनियाँ नागरिकविरुद्ध अप्रेसन चलाएको थियो। त्यस बेला प्रहरीले १ सय २५ वटा राहदानी जफत गरेको थियो। सोही बेला भिसाको दुरुपयोग गरी विभिन्न स्थानमा अवैध ढंगले बसेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो।  यो खबर आजको अन्नपूर्ण पोस्टमा रहेको छ ।

Related Post