भक्तपुर टुर्सले थालेको पोखरीहरुको अध्ययन अवलोकन  
News Desk
Apr-24 , 2024 तारिख 08:10 बेलुका

एउटै फेवा तालबाट पोखराको पर्यटन निर्दिष्ट छ । पोखरामा रहेका केही पर्यटन गन्तव्यहरुको व्यवस्थापन विद्यालयहरुले गरिरहदा आयको श्रोत बनेको छ । भक्तपु्रको ३३ पोखरी पदमार्गलाई समेत आम्दानीको श्रोत बनाउन सकिने निष्कर्ष भक्तपुर टुर्सको छ । यसको कार्यन्वयनको लागि आवश्यक दक्ष जनशक्तिलाई विद्यालय तहबाट जागरुक गर्ने उदेश्यले कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरु र स्थानीय बिषय अध्यापन गराउने शिक्षकहरुलाई आफु आबद्ध विद्यालय रहेको वडा नजिकै पर्ने पोखरीहरुको अध्ययन अवलोकन गरी कुनै एक पोखरीमा, कसरी, कहिले, के कस्ता ब्यबसाय गर्न सकिन्छ, त्यसको लागि व्यवसायिक सोच तयार गर्न आह्वान गरिएको छ । यसको लागि वैशाख १४ गते विद्यालयहरुले तल तालिकामा दिए बमोजिम पोखरी भ्रमण गरी आवश्यक सूचना संकलन गर्नेछ । 

एउटै पोखरीको अध्ययन गर्ने एक भन्दा बढी विद्यालयहरु भएमा संयुक्त रुपमा अध्ययन गरी व्यवसायिक सोचको प्रतिबेदन पेश गर्न पर्नेछ । हाल ३३ पोखरी पदमार्गमा पर्ने पोखरीहरुमा माछा पालन र नौका विहारका व्यवसायहरु चलिरहेका छन् । यी व्यवसायहरु, कुनै पनि विद्यालयले व्यवस्थापन गरिरहेको छैन । विद्यालयहरुलाई पोखरीको ब्यबस्थापन स्थानीय समुदायसंगको सहकार्यमा कसरी गर्ने हो त्यसको खाका कोर्न भनिएको छ । पोखरीको माध्यमबाट गर्न सकिने आर्य आर्जनका क्रियाकलापमा साझेदारी गर्नको लागि समझदारी पत्र समेत बनाइनेछ । यही समझदारीको माध्यमबाट दुबै पक्षको लागि फाइदा हुने भए पछि ३३ पोखरी पदमार्गमा बिद्यालय र समुदायको साझेदारीमा ब्यबसायहरु सुरु हुनेछ ।

३३ पोखरी परिक्रमाको लागि अतिथिहरु ल्याउने काम भक्तपुर टुर्सले निरन्तर गरिरहेको छ । यी अतिथिहरुलाई लक्षित गरी पोखरीहरुमा नयाँ नयाँ पेशा, व्यवसाय र सेवाको व्यवस्थापनको लागि विद्यालयहरुसंंग सहकार्य गर्न लागिएको हो । यसबाट विद्यार्थीहरुबाट हाल उठाउने गरिएको शुल्क कम गर्ने उदेश्य राखिएको छ । विद्यालयहरु स्वयम्ले व्यवसायिक सोच ल्याउन नसकेसम्म पोखरीहरुको नियमित अध्ययन अनुसन्धान गर्न पर्नेछ । त्यसको लागि शिक्षकहरु र विद्यार्थीहरुले पोखरीको बारेमा नियमित रुपमा प्रश्नहरु तयार गर्न पर्नेछ ।

धेरै पढिएको