पर्यटकीय प्र​र्वद्धनका लागि च​न्द्रागिरीमा ‘सम्पदा पदयात्रा’
News Desk
Apr-28 तारिख 08:12 बेलुका

चन्द्रगिरी नगरपालिका वडा नम्बर ४ का युवाहरुको संजाल चन्द्रागिरी हाइकर्स कमिटी (सिएचसि) ले चन्द्रागिरी नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लाग्दै ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ ।

पालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको पर्वद्धन गर्न बैशाख २२ नगरपालिका सवै वडामा रहेका संस्कृतिक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने गरी  सम्पदा पदयात्रा आयोजना गर्न लागिएको सिएचसीले जनाएको छ ।

नगरपालिका भित्र रहेका पर्यटकीय सम्पदाहरुको वास्तिवक अवस्था के कस्तो छ त्यसको अवलोकन गर्न र  स्वास्थ्यका लागि हिडाईको महत्व बुझाउन नगरपालिकाको सहकार्यमा सम्पदा पदयात्रा कार्यक्रम राखिएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिनुभयो ।

”आफ्नो गाँउ ठाउँमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र पर्वद्धनमा योगदान पुर्याउनु नगरबासीको कर्तव्य हो । यी सम्पदाहरुको संरक्षण प्रवद्धनमा युवाहरुको भूमिका बुझाउन र स्वास्थ्यका लागि हिडाइ आवश्यक छ भन्ने सन्देश दिन यो सम्पदा पदयात्रा गर्न लागेका हौ’’ अध्यक्ष गोपालीले भन्नुभयो ।

सम्पदा पदयात्रा आगामी बैशख २२ गते विहान ६ बजे नगरपालिकाको कार्यालयबाट सुरु हुने छ । पदयात्राका लागि रुट समेत निर्धारण गरिएको छ ।

नगरपालिकाबाट सुरु भएको पदयात्रा त्रिवेणी घाट ,गणेश स्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, माता तिर्थ मच्छेगाउँ, टौखेल, विष्णुदेवि मन्दिरहुँदै नैकापको खेलमैदानमा आएर समापन हुने अध्यक्ष गोपालीले जानकारी दिनु भयो।

सम्पदा यात्रको दुरु २२ किलोमिटर रहेको र बैशाख २२ मा हुने पदयात्रामा २२ सय बढी पैदलयात्री सहभागी हुने बताइएको छ ।

धेरै पढिएको