बझाङको प्रदेश सभा १ (क) मा नेकपा एमालेका दमन बहादुर भण्डारी विजयी
News Desk
Apr-29 , 2024 तारिख 07:46 बेलुका

बझाङको प्रदेश सभा १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमन बहादुर भण्डारी विजयी भएका छन ।आज सोमबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार ११ हजार ६१२ मत ल्याएर एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी बनेका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत पाए ।

यस्तै, चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत पाएका छन ।

२०७९ सालको चुनावमा यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए । उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए । सिंहले १७ हजार ११२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए ।

धेरै पढिएको