असुरकोटमा सोमबार आगोले जलेर बालिकाको मृत्यु
News Desk
Apr-30 , 2024 तारिख 05:35 बेलुका

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार आगोले जलेर बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताउनुभयो । हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिकाको आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् । 

अर्घाखाँची जिल्लामा डेढ महिनाको अवधिमा आगलागीबाट एक सय ७ घरगोठमा जलेका छन् । वैशाख महिनामा मात्र जिल्लाभर ३३ स्थानमा आगलागी भएको छ । आगलागीबाट ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका छन् । डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्याङ्क रहेको छ ।

धेरै पढिएको