नवलपरासीमा ५ लाख बढीको अबैध सामान प्रहरीको नियन्त्रणमा
News Desk
Apr-30 , 2024 तारिख 11:17 बेलुका

-सहबान अन्सारी

नवलपरासीमा ५ लाख ५ हजार ५ सय ४० रुपैंया बराबरको अबैध सामान तथा मानिस प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमवार सुनवल नगरपालिका वडा नं.१ देवकोटा चोक स्थितबाट भारतबाट नेपाल तर्फ ल्याउदै गरेको १ लाख ९३ हजार ४० रुपया मुल्य बराबरको कपडा तथा इलेक्ट्रोनिक सामान ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं. १ महेशपुर चोक स्थितबाट भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ३ लाख १२ हजार ५ सय मुल्य बराबरको सलको कपडा तथा आटो र आटो चालक ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आटो,इलेक्ट्रोनिक्स सामान र कपडा समेत आवश्यक कारवाहीको लागी भंसार कार्यालय महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

धेरै पढिएको