मटिहानीका आगलागी प्रभावित परिवारलाई सीके राउतले गरे सिलिण्डर सहयोग
News Desk
May-03 , 2024 तारिख 05:53 बेलुका

-दिपु व​र्ण​वाल

वीरगञ्ज - महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ग्यास सिलिण्डर सहयोग गरेका छन् ।

आगलगी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका अध्यक्ष डा. राउतले १०४ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर सहयोग गरेका हुन् ।

मटिहानीका मेयर हरि प्रसाद मण्डलले मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेको थियो । आगलागीबाट करोडौंको धनमाल जलेर खरानी बन्यो ।

धेरै पढिएको