संखुवासभाको तुम्लिङटार विमानस्थलमा दुई साता पछि बुधबार उडान
News Desk
May-09 , 2024 तारिख 04:39 बेलुका

विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवालो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा दुई साता पछि बुधबार उडान भएको छ । बैशाख १० गतेदेखि तुम्लिङटारको भिजिविलिटी एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो ।

विमानस्थलमा उडानका लागि कम्तिमा ५ किलोमिटर वरपरको डाँडा देखिनु पर्छ । विमानस्थल खुलेपछि बुद्ध एयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै तुम्लिङटार सडक यातायातबाट जान नसकेका बृद्धबृद्धा र विरामीलाई फाईदा पुगेको छ ।

धेरै पढिएको